खेल


चितवनविरुद्ध लुम्बिनीको राम्रो सुरुवात

चितवनविरुद्ध लुम्बिनीको राम्रो सुरुवात

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार १८:२०, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले दिएको औसत लक्ष्य पछ्याउने क्रममा लुम्बिनी लायन्सले राम्रो सुरुवात गरेको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार साँझ चितवनले लुम्बिनीलाई १४३ रनको लक्ष्य दिएको हो। प्रतिउत्तरमा लुम्बिनीले पावर प्लेमा दुई विकेट गुमाएर ५१ रन बनाएको छ। 

लुम्बिनीका लागि प्रारम्भिक ब्याटर डि आर्सी सर्ट ६ बलमा ११ रन बनाएर आउट भए। त्यसपछि सन्दीप जोरा र रोहित पौडेले पारी सम्हालेका थिए। 

सन्दीप २८ रन बनाएर आउट भए। उनले १८ बलमा चार चौका प्रहार गरे। चितवनका लागि रिजन ढकालले दुई विकेट लिए।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad