एसिया कप राइजिङ स्टार प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ।
कतारको दोहामा भइरहेको एसिया कपमा समूह ‘ए’बाट बंगलादेश र श्रीलंका तथा समूह ‘बी’बाट पाकिस्तान र भारत सेमिफाइलनमा पुगेका हुन्।
बंगलादेश र श्रीलंका दुई जित र एक हार सहित रनरेटका आधारमा सेमिफाइनलमा पुगेका छन्। दुई खेल जितेर चार अंक बटुले पनि रनरेटका आधारमा पछि परेको अफगानिस्तान सेमिफाइनल दौडबाट बाहिरिएको छ।
त्यस्तै, समूह ‘बी’बाट भने तीन वटै खेल जितेर ६ अंक सहित पाकिस्तान सेमिफाइनलमा पुगेको हो। भारतले भने समूह चरणमा यूएई र ओमनलाई जितेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो।
नेपालमा भने एसिया कपमा छनोट हुन सकेको थिएन। नेपालले पछिल्लो पटक सन् २०२३ मा एसिया कप खेलेको थियो।
अब शुक्रबार अपराह्न सवा ३ बजे पहिलो सेमिफाइलनमा बंगलादेश र भारत तथा राति सवा ८ बजे दोस्रो सेमिफाइनलमा पाकिस्तान र श्रीलंका प्रतिस्पर्धा गर्नेछन्।
Shares

प्रतिक्रिया