खेल


एनपीएलः आज लुम्बिनी र चितवन भिड्दै

एनपीएलः आज लुम्बिनी र चितवन भिड्दै

नेपालखबर
मंसिर ४, २०८२ बिहिबार ७:५०, काठमाडौँ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। 

लुम्बिनी रोहित पौडेलको कप्तानीमा मैदानमा उत्रन लागेको हो भने चितवन राइनोज कुशल मल्लको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछ। आज हुने एकमात्र खेल अपरान्ह ४ बजेदेखि सुरु हुनेछ।

पहिलो खेलमा कर्णाली याक्सलाई चार विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ। लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ।

गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो। चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो।  

गत संस्करणको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी  ३३ रनले विजयी भएको थियो। आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्काे जित हात पार्ने लक्ष्यमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad