खेल


एनपीएलका दर्शकका लागि निःशुल्क बस सेवा

एनपीएलका दर्शकका लागि निःशुल्क बस सेवा

नेपालखबर
मंसिर ३, २०८२ बुधबार १८:२५, काठमाडौँ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) का दर्शकका लागि निःशुल्क बस सेवा सञ्चालन गरिएको छ। 

नेपाल क्रिकेट संघ (क्यान) र युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको पहलमा बुधबारदेखि बस सेवा सञ्चालन गरिएको हो। विशेष गरेर महिला, वृद्ध र असक्तहरूका लागि बस सेवा सञ्चालन गरिएको क्यानले जनाएको छ। 

मुस्कान ट्राभल्ससँगको सहकार्यमा खेल अवधिभर साँझ ६ देखि ८ बजेसम्म बस सञ्चालन गरिएको हो। यो अवधिमा चार वटा रुटमा बस चल्नेछन्। 

पहिलो रुट त्रिवि गेटदेखि स्वयम्भू हुँदै बालाजुसम्म हुनेछ भने दोस्रो रुट त्रिवि गेटबाट स्वयम्भू, बालाजु हुँदै महाराजञ्जसम्म रहेको छ। त्यस्तै, तेस्रो रुट त्रिवि गेटदेखि बल्खु, कालिमाटी, थापाथली, बानेश्वर, तीनकुने, गौसला हुँदै चावहिलसम्म रहेको छ। चौथो रुटमा त्रिवि गेटदेखि बल्खु, सातदोबाटो हुँदै कोटेश्वर छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad