काठमाडौं गोर्खाजका बलरले लगातार विकेट लिएपछि सुदूरपश्चिम रोयल्स दबाबमा परेको छ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो ओभरबाटै काठमाडौंले सुदूरपश्चिमलाई दबाबमा राखेको हो। काठमाडौंका कप्तान करण केसीले तीन विकेट लिए भने मिलिन्द कुमार र रसिद खानले साथ दिए।
दश ओभरको खेल सकिँदा सुदूरपश्चिमले पाँच विकेट गुमाएर ५४ रन मात्रै बनाउन सक्यो। सुदूरपश्चिमका प्रारम्भिक ब्याटर जोस ब्राउन र विनोद भण्डारी शून्यमा आउट भए भने क्रिस लिनले दुई रन मात्रै बनाउन सके।
त्यस्तै, आरिफ शेख २५ रन बनाएर आउट भएका छन् भने इशान पाण्डेले ११ रन मात्रै बनाए। अहिले कप्तान दीपेन्द्रसिंह ऐरी र नरेन साउँद क्रिजमा छन्।
54
Shares

प्रतिक्रिया