एक दिवसीय ग्लाइड फेस्ड स्केट स्पिड च्याम्पियनसिपअन्तर्गत जुनियर तथा सिनियर विधाका खेल शनिबार ललितपुरको यूएन पार्कमा भएका छन् ।
सो खेल नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसन र ग्लाइड सिटीको संयुक्त आयोजनामा भएको हो।
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसनका महासचिव सत्य थापाका अनुसार खुला च्याम्पियनसिपका दुईवटै विधाका खेलमा ५०/५० जना खेलाडीको सहभागिता रहेको थियो
सो प्रतियोगितामा खेलाडीले जुनियरतर्फ १५० मिटर र सिनियरतर्फ २५० मिटरको छ फिट ट्याकमा खेलेका थिए।
जसमा जुनियरतर्फ सुवास श्रेष्ठ प्रथम, एन्जे शेर्पा दोस्रो र सुवर्ण अधिकारी तेस्रो भए भने सिनियरतर्फ रामु थारु प्रथम, विपिन मगर दोस्रो र आर्यन तेस्रो भएका छन् ।
विजयी खेलाडीलाई पूर्व खेलकुदमन्त्री महेश्वरसिंह गहतराज, नेपाल स्केटिङ तथा स्केटबोर्डिङ्ग एसोसिएसनका अध्यक्ष अच्युत खनाल र प्रमुख प्रशिक्षक दिलिपराज बरालले नगद, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रममा ग्लाइड सिटीका सञ्चालक बसन्त पन्तले अथितिहरुलाई मायो चिनो प्रदान गरेका थिए।
यसअघि सो प्रतियोगिताको उद्घाटन गर्दे नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले स्केटिङमा बालबालिका र युवायुवतीको आकर्षण रहेकोले यो खेलको भविष्य सुन्दर रहेको बताएका थिए ।
ग्लाइड फेस्ड स्केट स्पीड च्याम्पियनसिप २०२५ अन्र्तगत जुनियर तथा सिनियर विद्याको निर्णय मण्डलमा प्रमुख प्रशिक्षक दिलिपराज बराल, राष्टिय खेलाडीहरु कृपा पन्त, योगिना श्रेष्ठ, मुस्कान मगर, प्रयास खड्का रहेका थिए।
Shares

प्रतिक्रिया