भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले कप्तान शुभमन गिल अब कोलकातामा जारी दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा सहभागी नहुने बताएको छ।
बीसीसीआईका अनुसार, दक्षिण अफ्रिकाविरुद्ध कोलकातामा जारी टेस्टको दोस्रो दिन कप्तान शुभमन गिलको घाँटीमा चोट लागेको थियो।
त्यसपछि उनलाई कोलकातास्थित वुडल्यान्ड्स अस्पताल भर्ना गरिएको छ। अहिले पनि उनी उपचारमै छन्।
सोही कारण उनी अब तेस्रो दिन आज (आइतबार) हुने खेलमा सहभागी हुने छैनन्।
भारतीय क्रिकेट नियन्त्रण बोर्डले सामाजिक सञ्जाल भनेको छ, ‘उनी हाल अस्पतालमा निगरानीमा छन्। उनले अब टेस्ट खेलमा भाग लिने छैनन्। बीसीसीआई मेडिकल टोलीले उनलाई निरन्तर निगरानी गर्नेछ।’
🚨 Update 🚨
Captain Shubman Gill had a neck injury on Day 2 of the ongoing Test against South Africa in Kolkata. He was taken to the hospital for examination after the end of day's play.
He is currently under observation in the hospital. He will take no further part in the… pic.twitter.com/o7ozaIECLq— BCCI (@BCCI) November 16, 2025
उनको ठाउँमा अब ऋषभ पन्तले टोलीको कप्तानी गर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
दोस्रो दिनको खेलको अन्त्यसम्ममा दक्षिण अफ्रिकाले आफ्नो दोस्रो इनिङमा ७ विकेट गुमाउँदै ९३ रन बनाएको थियो। योसँगै दक्षिण अफ्रिकाले ६३ रनको अग्रता लिएको छ।
दक्षिण अफ्रिकाले पहिलो इनिङमा १५९ रन बनाएको थियो। जवाफमा भारतीय टोली १८९ रनमा अलआउट भयो।
Shares

प्रतिक्रिया