खेल


ईडन गार्डेन टेस्ट: तेस्रो दिनमै निर्णायक मोडमा

ईडन गार्डेन टेस्ट: तेस्रो दिनमै निर्णायक मोडमा

नेपालखबर
कात्तिक ३०, २०८२ आइतबार ७:१४, काठमाडौँ

भारत र दक्षिण अफ्रिकाबीचको पहिलो टेस्ट म्याच तेस्रो दिनमै निर्णायक मोडमा पुगेको छ।

कलकत्ताको ईडन गार्डेनमा जारी खेलको दोस्रो दिन शनिबार दक्षिण अफ्रिकाले ९३ रनमै सात विकेट गुमाएपछि टेस्ट म्याच निर्णायक मोडमा पुगेको हो। भारत र दक्षिण अफ्रिका दुवैका गरी दोस्रो दिन १५ विकेट गए। 

पहिलो इनिङमा दक्षिण अफ्रिकाले १५९ रन बनाएको थियो। पहिलो दिनमै ब्याटिङ शुरू गरेको भारतले पनि राम्रो प्रदर्शन गर्न सकेन। पहिलो इनिङमा १८९ रन मात्र बनाएको थियो। शनिबार भारतले लगातार आठ विकेट गुमाएपछि ३० रनको मात्रै अग्रता लिन सक्यो। 

त्यसपछि शनिबार नै खेल्ने अवसर पाएको दक्षिण अफ्रिकाले पनि राम्रो सुरुआत गर्न सकेन। लगातार विकेट झर्दै गए। दोस्रो दिनको खेल सकिँदा दक्षिण अफ्रिकाले सात विकेट गुमाएर ९३ रन मात्रै बनाउन सक्यो। 

आइतबार तेस्रो दिन दक्षिण अफ्रिका ६३ रनको अग्रतामा खेल्नेछ। आज दक्षिण अफ्रिकाका कप्तान तेम्बा बवुमा र कोर्बिन बोच खेलको सुरुआत गर्नेछन्। बवुमाले २९ र बोचले एक रन जोडेका छन्। 

दोस्रो दिनको खेलमा भारतका लागि रविन्द्र जडेजा र कुलदिप यादवले राम्रो प्रदर्शन गरे। जडेजाले चार र यादवले दुई विकेट लिए। भारतीय स्पिन बलरसामु टिक्न दक्षिण अफ्रिकी ब्याटरलाई कठिन भइरहेको छ। 

दक्षिण अफ्रिकाले ६३ रनको अग्रतामा महत्त्वपूर्ण सात विकेट गुमाइसकेकाले आजको खेल निर्णायक हुने देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad