खेल


पहिलोपटक फ्लडलाइटमा खेल्नेगरी एनपीएलको तयारी पूरा (भिडिओ/तस्बिर)


लक्ष्मी जि.सी
कात्तिक ३० , काठमाडौँ

मंसिर १ गते (सोमबार) सुरु हुने सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तयारी पूरा भएको छ।

उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमान्डु गोर्खाज भिड्ने छन्। 

एनपीएलका ३२ खेलमध्ये २३ खेल फ्लडलाइटमा हुनेछ।

बाँकी ९ खेल दिनमा हुनेछन्। लिग चरणका २८ खेल भने डे नाइटमा हुनेछ।

त्यसपछिका चार खेल फ्लडलाइटमा हुनेछन्। 

एनपीएलको दोस्रो संस्करण र पहिलोबीच दर्शकले फरकपन पाउनेछन्।

नेपालमा पहिलोपटक फ्लडलाइटमा खेल हुन लागेको हो।

फ्लडलाइटका लागि परीक्षण भइरहेको छ। 

अघिल्लोपटक घाँसे मैदानमै बसेर खेल हेरेका दर्शक यसपटक प्यारापिटमा बसेर हेर्नेछन्।

त्रिविमा १० हजार सिट क्षमताको प्यारापिटसहितको रंगशाला तयार भइसकेको छ। 

जेनजी आन्दोलनपछि देशमा ठूलो खेल प्रतियोगिता हुन लागेको हो।

त्यसैले खेलाडी र दर्शकको सुरक्षाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले सम्बन्धित सबै निकायसँग सहकार्य गरिसकेको जनाएको छ। 

करिब २३ दिन चल्ने एनपीएलका बेला काठमाडौँमा कुनै पनि आन्दोलनका कार्यक्रम नगरिदिन क्यानका सचिव पारस खड्काले आग्रह गरेका छन्। सट्टेबाजीजस्ता गैरकानुनी कार्य हुन नदिन पनि क्यानले नेपाल प्रहरीसँग छलफल गरिसकेको छ। 

घरेलु प्रतियोगिताको पहिलो सिजनमै चर्चा बटुलेको एनपीएलमा टेस्ट राष्ट्रसहित एसोसिएट क्रिकेटका महान् हस्तीहरू त्रिवि मैदानमा देख्न पाइनेछ।

नेपालको आर्थिक र पर्यटकीय क्षेत्रमा पनि सघाउ पुग्ने एनपीएलबाट ३० देखि ३७ करोड रुपैयाँसम्म आम्दानी हुने अनुमान क्यानले गरेको छ। 

क्यानका अनुसार विज्ञापनबाट १५/४० लाख, ८ वटा फ्रेन्चाइज टिमबाट ९ करोड रुपैँया आम्दानी हुने आकलन गरिएको छ।

यस्तै ओटीटी प्लाटफर्मबाट ५ करोड ३० लाख आम्दानी हुने अनुमान गरिएको छ। 

एनपीएलको ओटीटी प्लाटफर्मको अधिकार डिस होम गो एपले पाएको छ।

त्यहाँबाट हुने आम्दानीमध्ये ७१ प्रतिशत क्यानले पाउनेछ।

टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँसम्म उठ्ने अनुमान क्यानले गरेको छ। 

एनपीएललाई अझ व्यवस्थित गर्दै लगेमा नेपाली क्रिकेटले थप उचाइ लिने अपेक्षा गर्न सकिन्छ। 

भिडिओ/तस्बिर : सरोज नेपाल

कात्तिक ३०, २०८२ आइतबार ७:५३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad