खेल


एन्फा १ सय २० दिन भित्र ए डिभिजन लिग गराउन तयार, ‘होम एन्ड अवे’ भने नसक्ने

एन्फा १ सय २० दिन भित्र ए डिभिजन लिग गराउन तयार, ‘होम एन्ड अवे’ भने नसक्ने

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार १६:३५, काठमाडौँ

अखिल नेपाल फुटबल संघ(एन्फा) ले अबको १ सय २० दिन भित्र ए डिभिजन लिग गराउन तयार रहेको बताएको छ। 

युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा मंगलबार एन्फा, अखिल नेपाल खेलाडी संघ र क्लबहरुबीच भएको छलफलबाट १ सय २० दिनभित्र ए डिभिजन लिग गर्न तयार रहेको बताएको हो। 

यसका लागि मन्त्रालयले भोलि बुधबार क्लबहरुसँग छुट्टै छलफल राखेको छ। 

आज भएको छलफमा ए डिभिजन क्लबका तर्फबाट ५ क्लबका प्रतिनिधि, खेलाडी संघका प्रतिनिधि, एन्फा प्रतिनिधि सहभागी थिए। 

छलफलबाट निस्केको निष्कर्ष अनुसार १ सय २० दिन भित्र लिग गराउन नसके खेलाडीहरुबाट माइन्युट उठाएर फिफा र एएफसीमा पठाउने युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले जानकारी गराएका छन्। 

मन्त्री गुप्ताले भने, ‘हामी दिगो रुपमा लगानी गर्न कार्य अगाडि बढिरहेको छ। अहिले बजेटका लागि मन्त्रालयबाट केही गर्न सकिदैन, अहिले समन्वय गर्न सक्ने हो। तर लिग गराउनका लागि क्लबहरुलाई कर्पोरेट हाउससँग सहकार्यका लागि तयार रहेको बताएका छन्। ’

एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले बजेट अभावका कारण समयमा नै लिग गराउन नसकिएको बताएका छन्। उनले भने, ‘ए डिभिजन लिग गराउँदा एउटा क्लबको कम्तीमा २ देखि ३ करोड रुपैयाँ खर्च आउँछ, त्यसमा एन्फाको समेत जोड्दा कम्तीमा ५० करोड रुपैयाँ खर्च लाग्छ। बजेट व्यवस्थापका लागि सरकारले लगानी गर्नुपर्छ। एएफसी र फिफाको बजेटले मात्र सकिदैन सरकारले पनि गर्नुपर्छ।’ 

खेलाडी संघका अध्यक्ष विक्रम लामाले यसअघि नै तोकिएको समय पुष ९ मा लिग गराउनका लागि अहिले कसरी समय कम भयो भनेर प्रश्न गरेका थिए। अर्को वर्ष लिग गर्ने भनेर अझै १४ महिना लम्बाउन खोजेको समेत उनले बताए। खेलाडी संघले अहिले खेलका बारेमा मात्र आवाज उठाएको भन्दै लामाले यसअघिका प्रतियोगिता जित्दा एन्फाले घोषणा गरेको बजेटका बारेमा केही नबोलेको कताए।

अध्यक्ष लामाले लामाले आउने पुस्ताले निरन्तर खेल्न पाउने वातावरण बनाउन मन्त्रालयले निति बनाइदिन समेत आग्रह गरे। एन्फा महासचिव किरण राइले होम एन्ड अवेमा लिग गराउन नसकिने र सेन्ट्रल भेन्यूमा नै लिग खेल्नुपर्ने बताएका छन्। 

खेलाडी विशाल श्रेष्ठले ३ महिनामा लिग नसकाउन र राष्ट्रको गहना भन्ने खेलाडीलाई प्रयोग गर्न र घरमा नथन्काउन आग्रह गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad