खेल


सुदूरपश्चिमको आइकोनिक खेलाडीमा हिक्मत महरा

सुदूरपश्चिमको आइकोनिक खेलाडीमा हिक्मत महरा

नेपालखबर
कात्तिक २५, २०८२ मंगलबार ८:२९, काठमाडौँ

सुदूरपश्चिम रोयल्सले ‘आइकोनिक खेलाडी’मा हिक्मत महरालाई छनोट गरेको छ।

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि रोयल्सले आइतबार र सोमबार धनगढी क्रिकेट एकेडेमीमा आयोजना गरेको ‘ट्यालेन्ट हन्ट’ बाट महरा उत्कृष्ट प्रदर्शन गर्दै आइकोनिक खेलाडी बनेका हुन्।

‘ट्यालेन्ट हन्ट’ मा ३०० खेलाडी सहभागी थिए। उनीहरूबाट छानिएका महरा अब सुदूरपश्चिम रोयल्सको टोलीबाट एनपीएल खेल्ने अवसर पाउनेछन्।

हिक्मत यसअघि पनि धनगढी सुपर लिगमा ‘बेस्ट बलर’, अर्जुन ट्रफीका ‘राइजिङ प्लेयर’ र वल्डलिंक ‘बिट द स्पीड’का ‘फास्टेस्ट बलर’ भइसकेका छन्।

जगत टमटाको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दुई चरणमा खेलाडी छनोट गरेको हो। आइकोनिक खेलाडी बाहेक ओमप्रकाश घिमिरे, सोलुप चौधरी, टेकराज थलाल, तर्भिस जैशी र अभिषेक कोइराला गरी पाँच खेलाडीलाई सुदूरपश्चिमको डेभलपमेन्ट टोलीमा समावेश गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad