खेल


एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने

एनपीएलका उद्घाटन र फाइनलसहित अधिकांश खेल फ्लडलाइटमा हुने

नेपालखबर
कात्तिक २४, २०८२ सोमबार २१:७, काठमाडौँ

नेपाल प्रिमियर लिग (एनपीएल) का अधिकांश खेल फ्लडलाइट (रात्रीकालिन समय) मा हुने भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार साँझ दोस्रो सिजनको एनपीएलका खेल तालिका सार्वजनिक गरेको हो। 

सार्वजनिक तालिका अनुसार कुल ३२ खेलमा २३ खेल फ्लडलाइटमा हुनेछन्। दिउँसोको समयमा ९ खेल मात्रै हुनेछन्। मंसिर १ गते हुने उद्घाटन खेल साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबीच अपरान्ह ४ बजे सुरु हुनेछ।

दिनमा एउटा खेल खेलाउँदा फ्लडलाइटमा गर्ने र दुई खेल हुँदा मात्रै एक खेल दिनको पौने १२ बजे सुरु गर्ने तालिका क्इानले सार्वजनिक गरेको छ। 

मंसिर २ गते चितवन राइनोज र कर्णाली याक्सको खेल पौने १२ बजे हुनेछ भने यो खेल सकिएपछि विराटनगर किंग्स र पोखरा एभेन्जर्स दिउँसो ४ बजे आमनेसामने हुनेछन्। 

मंसिर ३, ४ र ५ गते एक एक खेल हुनेछन्। यी तीनैदिनका खेल दिउँसो ४ बजे सुरु गर्ने क्यानको तयारी छ। मंसिर ६ र ८ गते दुई दुई खेल हुनेछन्। जसमा मंसिर ६ गतेको पहिलो खेल सवा ११ बजे र ८ गतेको पहिलो खेल पौने १२ बजे सुरु हुनेछ।

६ गतेको दोस्रो खेलमा काठमाडौँ र विराटनगरले साढे ३ बजे खेल्दा ८ गतेको दोस्रो खेलमा सुदूरपश्चिम र कर्णाली दिउँसो ४ बजेदेखि भिड्नेछन्। 

मंसिर ९ र १० गते एक एक खेल हुने र दुवैदिन ४ बजेबाट खेल सुरु हुनेछ। मंसिर ११, १२, १३, १६, १८ र २० गते दैनिक दुई खेलको तालिका छ। जसमा पहिलो खेल सवा ११ बजे र पौने १२ बजे तथा दोस्रो खेल साढे ३ बजे र ४ बजे हुनेछन्।

यस्तै, मंसिर १४, १७, १९ र २१ गते दैनिक एक खेल फ्लडलाइटमा गराउने तयारी छ।

लिगचरणपछिका सबै खेल फ्लडलाइटमा हुनेछन्। मंसिर ३२ गते पहिलो क्वालिफायर, २४ गते इलिमिनेटर र २५ गते दोस्रो क्वालिफायरका खेल दिउँसो ४ बजेदेखि सुरुहुनेछन्। 

मंसिर २७ गते शनिबार एनपीएलको फाइनल खेल हुनेछ। जुन खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ।

नेपालमा पहिलो पटक फ्लडलाइटमा खेल हुन लागेको हो। यसका लागि त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडानको काम धमाधम भइरहेको छ। निर्माण कम्पनीले आगामी बुधबार लाइट जोडिसक्ने र त्यसपछि परीक्षणको काम गर्ने बताएको क्यानका व्यवस्थापक बिनोद दासले बताए। 

त्रिविमा १० हजार सिट क्षमताको रंगशाला भने तयार भइसकेको छ। यसअघि चौरमा बसेर खेल हेर्ने दर्शकले अब भने कुर्सीमै बसेर खेल हेर्न पाउनेछन्।  

यस्तो छ खेल तालिका

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad