खेल


केभीआर समिट च्यालेन्जमा विशाल राई र मारिजे गुवर्टसन विजेता

केभीआर समिट च्यालेन्जमा विशाल राई र मारिजे गुवर्टसन विजेता

नेपालखबर
कात्तिक २२, २०८२ शनिबार २०:१५, काठमाडौँ

केभीआर समिट च्यालेन्जको तेस्रो संस्करणअन्तर्गत दोस्रो चरणको रेसमा पुरुषतर्फ नेपालका विशाल राई र महिलातर्फ नेदरल्यान्ड्सकी मारिजे गुवर्टसनले पहिलो स्थान हासिल गरेका छन्।

शनिबार ट्रेलमान्डु नेपालको आयोजनामा सम्पन्न २१ किलोमिटरको दौडमा पुरुष विजेता विशाल राईले २ घन्टा ३१ मिनेटमा फिनिस लाइन पार गर्दै पहिलो भए। नेपालकै वीरेन्द्र पाण्डेले २ घन्टा ४२ मिनेटमा दौड पूरा गरी दोस्रो स्थान हात पारे भने युगल राईले ३ घन्टा ३७ मिनेटमा तेस्रो स्थान सुरक्षित गरे।

महिला वर्गमा नेदरल्यान्ड्सकी मारिजे गुवर्टसनले ३ घन्टा ३७ मिनेटमा सबैभन्दा छिटो दूरी पूरा गरी विजेता बन्न सफल भइन्। स्कटल्याण्डकी जर्जिया टिन्डलेले ४ घन्टा ७ मिनेट ५० सेकेन्डमा दोस्रो र फिनल्यान्डकी सोन्या मुइतारीले ४ घन्टा ९ मिनेट ५१ सेकेन्डमा तेस्रो स्थान प्राप्त गरिन्।

२१ किलोमिटरको मुख्य दौड स्युछाटारबाट सुरु भई गुरजे भञ्ज्याङ, शिवपुरी पिक, डाँडागाउँ, गुरजे भञ्ज्याङ हुँदै सूर्यचौरमा सम्पन्न भएको थियो। साथै, नयाँ सहभागी र दृश्यावलोकन चाहनेका लागि ७ किलोमिटरको फन रनरहाइक पनि राखिएको थियो।

फन रनतर्फ पुरुषतर्फ ह्याभियर गोन्जालेज मोटाले १ घन्टा १० मिनेटमा पहिलो स्थान प्राप्त गरे। लबिन गुरुङ र समिर कार्की क्रमशः दोस्रो र तेस्रो बने। महिला वर्गमा अनिमा शेर्पाले १ घन्टा २८ मिनेटमा विजय हासिल गरिन् भने फिलयोर माउन्टजोय र आमानडाइन फेमी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।

यो चरणमा नेपालसहित १० देशका धावकधाविकाले सहभागिता जनाएका थिए। २१ किमीतर्फ ११२ जना र ७ किमीतर्फ ३० जना प्रतिस्पर्धी सहभागी भएका थिए।

केभिआर समिट च्यालेन्जमा कुल पाँच चरण हुने छन्। तेस्रो चरण डिसेम्बर ८, चौथो चरण सन् २०२६ जनवरी १० र अन्तिम चरण फेब्रुअरी १ मा आयोजना गरिनेछ।

‘स्वस्थ रहौं, रमाइलो गरौं, र ट्रेलमै नेपाललाई चिनाऔं’ भन्ने नारासहित ट्रेलमान्डु नेपालले यो प्रतियोगिता सञ्चालन गरेको हो। विजेताहरूलाई नेपाल स्पोर्ट्स साइन्स एकेडेमीका उप–निर्देशक राजेन्द्र तुलाधर र नेपाल ओलम्पिक कमिटीका प्रतिनिधि निरज श्रेष्ठले पुरस्कार वितरण गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad