हङकङ इन्टरनेसनल सिक्सेस २०२५ अन्तर्गत पहिलो खेलमा रासिद खानको घातक बलिङमा जितका लागि नेपालले अफगानिस्तानबाट १ सय १३ रनको लक्ष्य पाएको छ।
मिसन रोड ग्राउन्ड मोङकोकमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार पारेको हो।
ओपनर करिम जनतले १० बलमा २ चौका र ४ छक्का सहयोगमा ३५ रन बनाए। कप्तान गुल्बदिन नैब २२ रन बनाउँदा रासिद खानको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए।
सादिकुल्लाह पचाले १३ रन बनाए। फरमुल्लाह साफी ३० रनमा नटआउट रहे।
नेपालका लागि रासिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। लोकेश बमले एक विकेट आफ्नो नाममा गरे।
जवाफी ब्याटिङ
गरिरहेको नेपालले २.२ ओभरमा बिनाविकेटको क्षतिमा ४० रन बनाएर खेलिरहेको छ।
क्रिजमा लोकेश बम ९ र सन्दीप जोरा २९ रनमा अविजित छन्।
Shares

प्रतिक्रिया