खेल


हङकङ इन्टरनेसनल सिक्सेसको पहिलो खेलमा नेपालको हार

हङकङ इन्टरनेसनल सिक्सेसको पहिलो खेलमा नेपालको हार

नेपालखबर
कात्तिक २१, २०८२ शुक्रबार ९:५८, काठमाडौँ

सन्दीप जोराको अर्धशतक र रासिद खानको घातक बलिङका बाबजुद हङकङ इन्टरनेसनल सिक्सेसको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ।

शुक्रबार बिहान भएको आफ्नो पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १७ रनले हारेको हो। 

अफगानिस्तानले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सक्यो। 

नेपालका लागि सन्दीप जोरा ५३ रन बनाउँदा रिटायर्ड हर्ट भए। उनले १४ बलमा १ चौका र ८ छक्का सहयोगमा ५३ रनको योगदान दिए। 

ओपनर लोकेश बम १० रन बनाउँदा क्याच आउट हुन पुगे। रासिद खान ११ रन बनाउँदा एलबीडब्लु धरापमा परे। 
आदिल आलम ११ रनमा अविजित रहे। 

त्यसअघि मिसन रोड ग्राउन्ड मोङकोकमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ६ ओभरमा ५ विकेटको क्षतिमा १ सय १२ रनको योगफल तयार पारेको थियो।

ओपनर करिम जनतले १० बलमा २ चौका र ४ छक्का सहयोगमा ३५ रन बनाए।

कप्तान गुल्बदिन नैब २२ रन बनाउँदा रासिद खानको बलमा सन्दीप जोराको हातबाट क्याच आउट भए। सादिकुल्लाह पचाले १३ रन बनाए। फरमुल्लाह साफी ३० रनमा नटआउट रहे। 

नेपालका लागि रासिद खानले ह्याट्रिकसहित ४ विकेट लिए। लोकेश बमले एक विकेट आफ्नो नाममा गरे। 

प्रतियोगितामा नेपालले शनिबार तीन खेल खेल्नेछ। नेपालले शनिबार दक्षिण अफ्रिका, हङकङ, कुवेतसँग खेल्नेछ।

आइतबार यूएईविरुद्ध खेल्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad