फिल फोडेनको दुई गोल सहयोगमा बोरुसिया डर्टमुन्डलाई पराजित गर्दै म्यानचेस्टर सिटीले यूईएफए च्याम्पियन्स लिगको लिग चरणमा आफ्नो स्थान बलियो बनाएको छ।
बुधबार राति इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले डर्टमुन्डलाई ४–१ गोल अन्तरले पाखा लगाएको हो। सिटीको जितमा फिल फोडेनले दुई तथा एर्लिङ हालान्ड र रायन चेर्कीले समान एक गोल गरे।
लिगमा अपराजित रहेको सिटीले तीन खेलमा जित र एक खेलमा बराबरी गर्दै १० अंकमा तालिकाको चौथो स्थानमा छ। समान ४ खेलबाट ९ अंक भएको पेरिस सेन्ट जर्मेन भने एक स्थान तल झर्दै पाचौँ स्थानमा छ।
गएराति नै भएको अर्को खेलमा बार्सिलोनाले क्लब ब्रुगसँग ३–३ को बराबरी गर्दै अंक बाँडेको छ।
न्युक्यासलले एथलेटिको क्लबलाई २–० ले हराउँदा बायर लिभरकुसेनले बेन्फिाकालाई तथा एटलान्टाले मार्सेलीलाई समान १–० गोल अन्तरले पाखा लगाएका छन्।
चेल्सीले काराबागसँग २–२ को बराबरी गर्दै अंक बाँड्दा गालातासारेले अजाक्सलाई ३–० ले हराएको छ। अर्को खेलमा पाफोसले भिल्लारियललाई १–० गोलअन्तरले हराएको छ।
Shares

प्रतिक्रिया