कारोबार


कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको स्काउटको संरचना र मालसामान जफत गर्ने तयारी

कांग्रेस नेता दीपक खड्काले कब्जा गरेको स्काउटको संरचना र मालसामान जफत गर्ने तयारी

कांग्रेस नेता दीपक खड्का/फाइल तस्बिर


नेपालखबर
कात्तिक २०, २०८२ बिहिबार ८:३, काठमाडौँ

नेपाल स्काउटले आफ्नो जग्गामा रहेका संरचना र सो संरचनामा रहेका मालसामान जफत गर्ने तयारी गरेको छ। 

स्वयंसेवी संस्था स्काउटले आज सूचना जारी गर्दै आफ्नो जग्गामा रहेका संरचना र त्यहाँ रहेका मालसामान सात दिनभित्र जफत गरिने भन्दै सूचना जारी गरेको हो। 

नेपाल स्काउटको लैनचौरस्थित केन्द्रीय कार्यालयमा रहेको कित्ता नम्बर १० को ३ रोपनी जग्गा खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले २०५६ सामा भाडामा लिएको थियो। 

तर, सम्झौता अवधि २०७५ सालमै समाप्त भए पनि कम्पनीले उक्त जग्गा र संरचना खाली गरेको छैन। यो कम्पनी पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य दीपक खड्काको स्वामित्वमा छ। 

स्काउटका जग्गा र भवन नियन्त्रणमा लिएका खड्काले राजनीतिक पहुँचको भरमा सात वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर त्यहाँबाट भाडा असुलिरहेका छन्। स्काउटको सम्पत्ति खाली गर्न अदालतले पटकपटक आदेश दिँदा पनि उनले अटेर गर्दै आएका छन्। 

हेर्नुहोस् नेपाल स्काउटको सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad