नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको सहायक प्रशिक्षकमा बाल गोपाल महर्जन र चेतन घिमिरे नियुक्त भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राईले आइतबार महर्जन र घिमिरेलाई सहायक प्रशिक्षकमा नियुक्त गरेका पत्र दिएका हुन्।
यसअघि एन्फाले नेपाली टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी हरि खड्कालाई दिएको थियो। टोलीका मुख्य प्रशिक्षक म्याट रोसले राजिनामा दिएपछि एन्फाले खड्कालाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो।
नेपालले आगामी २७ गते बंगलादेशसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ। सो खेलपछि नेपालले मंसिर २ गते मलेसियासँग एएफसी एसियन कप छनोट खेल्दैछ।
105
Shares

प्रतिक्रिया