खेल


दक्षिण अफ्रिकाका डु प्लेसिसले विराटनगर किंग्सबाट एनपीएल खेल्ने

दक्षिण अफ्रिकाका डु प्लेसिसले विराटनगर किंग्सबाट एनपीएल खेल्ने

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार १७:२०, काठमाडौँ

दक्षिण अफ्रिकाका पूर्वकप्तान फ्रांकोइस डु प्लेसिसले विराटनगर किंग्सबाट एनपीएल खेल्ने भएका छन्। विराटनगर किंग्सले शुक्रबार उनलाई अनुबन्ध गरेको जनाएको हो। 

४१ वर्षीय डु प्लेसिस दायाँहाते ब्याट्सम्यान हुन्। उनी लेगब्रेक बलिङ पनि गर्छन्। मिडल अर्डर ब्याटर उनीसँग दक्षिण अफ्रिकाको राष्ट्रिय टोलीसहित विश्वका आईपीएललगायतको ठूलो अनुभव छ। 

डु प्लेसिसले सन् २०१२ सेप्टेम्बर ८ मा इंग्ल्यान्डविरुद्ध टी२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। सन् २०२० डिसेम्बर १ मा भएको इंग्ल्यान्डविरुद्धको खेल उनको अन्तिम टी २० अन्तर्राष्ट्रिय हो। 

आईपीएलमा दुईपटकसम्म उनी चेन्नई सुपरकिंग्स (सीएसके)बाट सन् २०१८ र २०२१ मा फाइनल पुगेका छन्। २०२५ सम्म उनी आईपीएलमा ४००० रन पूरा गर्ने ५ खेलाडीमध्ये एक रहेका छन्। उनीबाहेक महेन्द्र सिंह धोनी, रोबिन उथप्पा, दिनेश कार्तिक र गौतम गम्भीरले यो कोशेढुंगा पार गरेका छन्। 

उनले आईपीएलमा ४ टोलीबाट अनुभव बटुलेका छन्। त्यस्तै सीपीएलमा २ टोली, बीबीएलमा २ टोली, मेन्स हन्ड्रेड, बीपीएल, पीएसएललगायत धेरै लिगमा खेलेका छन्। 

अनुभवी ब्याटर डु प्लेसिसले ४ सय २४ टी२० खेल्दा ११ हजार ९०६ रन जोडेका छन्। उनले ६९ टेस्ट, १४३ ओडीआई, ५० टी२०आईमा क्रमशः ४१६३, ५५०७, १५२८ रन बनाएका छन्। यसबाहेक लिस्ट एमा पनि उनले ९ हजार बढी रन जोडेका छन्। 

बलिङतर्फ उनले ४२४ टी२० खेलमा ५० विकेट हात पारेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad