अखिल नेपाल फुटबल संघ (एन्फा)को आपत्कालीन कार्यसमिति बैठकले वरिष्ठ उपाध्यक्ष वीर बहादुर खड्कालाई आगामी साधारणसभासम्मका लागि निलम्बन गरेको छ।
शुक्रबार एन्फाको विधानको धारा ३९ को २ र ६ बमोजिम संघको कार्यसमितिको आपत्कालीन भिडिओ कन्फरेन्स बैठकले खड्कालाई निलम्बन गरेको हो।
खड्काले संघको विधानविरुद्ध आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरी संघको लेटरहेड, छाप, चलानी नम्बर दुरुपयोग गरी संघका महासचिव निलम्बनको दुष्प्रचार गरेको एन्फाले जनाएको छ।
यसबाहेक विभिन्न समयमा पत्रकार सम्मेलन गरी संघ र संघका पदाधिकारीलाई निराधार गालीगलौच गर्ने, आधारहीन आरोप लगाउने, दुष्प्रचार गर्ने कार्य गरेको, सी डिभिजन क्लबहरुलाई प्रमाणविना खेल मिलेमतोको आरोप लगाएको एन्फा प्रवक्ता सुरेश साहले जानकारी दिए।
विधानविरुद्ध फिफा, एएफसीलगायतका अन्य निकायहरुमा इमेल तथा पत्राचार गरी पटक पटक संघको विधानविरुद्ध गतिविधि गर्दै संघविरुद्ध गम्भीर अनुशासन उल्लंघन गरेको र संघको वरिष्ठ उपाध्यक्षको गरिमा र मर्यादा कायम नगरी संघ र नेपाली फुटबल खेलको विकासमा आघात पुर्याउने कार्य गरेकाले निलम्बन गर्नुपरेको एन्फाको दाबी छ।
अध्यक्षसँग साउदी पुगेका एन्फा महासचिव राईलाई कार्यवाहक अध्यक्षले गरे निलम्बन
महासचिव निलम्बनबारे एन्फाको ध्यानाकर्षण, भन्यो- सचिवालयलाई आधिकारिक थाहा छैन
Shares

प्रतिक्रिया