अखिल नेपाल फुटबल संघ (एन्फा) ले हरि खड्कालाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक नियुक्त गरेको छ।
उनी आगामी एएफसी एसियन कप २०२७ को छनोट खेलका लागि प्रमुख प्रशिक्षक नियुक्त भएको एन्फाले जनाएको छ।
प्रमुख प्रशिक्षक म्याट रसले राजीनामा दिएपछि एन्फाले अन्तरिम कालका लागि खड्कालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो।
उनले यसअघि राष्ट्रिय महिला टोलीको प्रशिक्षण गरेका थिए।
174
Shares

प्रतिक्रिया