खेल


रोहितको शतकमा यूएईलाई २३४ रनको लक्ष्य

रोहितको शतकमा यूएईलाई २३४ रनको लक्ष्य

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १५:०, काठमाडौँ

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को यूएईविरुद्धको खेलमा नेपालले २३४ रनको लक्ष्य प्रस्तुत गरेको छ। 

दुबईमा जारी खेलमा नेपालले ५० ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाएको हो। 

खेलमा रोहित पौडेलले कप्तानी पारी खेले। १२६ बलमा सय रन पूरा गरेका उनले १०९ रन बनाए। कुल १२९ बलको सामना गरेका उनी जाहिद अलीको बलमा क्याचआउट भए। 

टस जितेर पहिले ब्याटिङ गरेको नेपालको सुरुवात त्यति उत्साहप्रद हुन सकेन। 

ओपनर कुशल भुर्तेल सात रनमै आउट हुँदा अर्का ओपनर आसिफ शेखले ३५ रन जोडे। त्यसैगरी भीम सार्की पनि १३ बल खेलेर ३ रन बनाउँदै क्रिज छाड्दा आरिफ शेख २७ रनमा आउट भए। 

त्यसैगरी २८ बल खेलेर दीपेन्द्र सिंह ऐरीले २३ रन जोड्दा गुल्सन झाले रन बनाउन सकेनन्। उनी पहिलो बलमै जुनैद सिद्दिकीको बलमा क्याचआउट हुनपुगे। 

त्यसपछि आएका सोमपाल कामीले १३ बलमा ६ रन जोडे भने करण केसीले ८ बलमा १३ रन बनाए। नेपालले ७ अतिरिक्त रन उपहार दिएको थियो।

यूएईका लागि जुनैदले ३ विकेट झार्दा मुहम्मद रोहिद र हैदर अलीले समान १ विकेट लिए। यता जाहिद अलीले सर्वाधिक ४ विकेट आफ्नो नाममा गर्दा ध्रुव पराशरले विकेट लिन सकेनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad