खेल


यूएईविरुद्ध कप्तान रोहितको शतक

यूएईविरुद्ध कप्तान रोहितको शतक

नेपालखबर
कात्तिक १३, २०८२ बिहिबार १४:४७, काठमाडौँ

आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालका कप्तान रोहित पौडेलले सतक पूरा गरेका छन्। 

उनले ४७ औँ ओभरमा सतक पूरा गरेका हुन्। रोहितले १२६ बलमा १०० रन बनाउँदा ५ चौका र एक छक्का प्रहार गरे।

एकदीवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहितको यो दोस्रो सतक हो। एक दिवशीय क्रिकेटमा नेपालका तर्फबाट दूई शतक बनाउने रोहित एक मात्रै खेलाडी हुन्। यसअघि पपुवा न्युगिनीविरुद्ध १२६ रन बनाएका थिए। उनले ११ अर्धशतक बनाएका छन्। 

रोहित १०९ रन बनाएर आउट भएका छन्।  ४८ औँ ओभरमा नेपालले २१७ रन बनाएको छ। टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो। 
दुवईमा जारी तीनदेश सम्मिलित सिरिज अन्तरगत यसअघि पहिलो खेलमा दुवै टोली अमेरिकासँग पराजित भएका छन्। 

यी दुई टोली लिग २ को तालिकामा अन्तिममा छन्। १७ खेलबाट ६ अंक जोडेको यूएई अन्तिममा रहँदा समान खेलबाट १२ अंक जोडेको नेपाल एकस्थान माथि छ।  अब नेपालले शनिबार अमेरिकासँग र अन्तिम खेल बुधबार यूएईसँग खेल्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad