खेल


काठमान्डु गोर्खाजले भित्र्यायो रिकार्डो भास्कोनेसेलोस

काठमान्डु गोर्खाजले भित्र्यायो रिकार्डो भास्कोनेसेलोस

नेपालखबर
कात्तिक १०, २०८२ सोमबार १४:४१, काठमाडौँ

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो सिजनका लागि पहिलो विदेशी खेलाडीका रूपमा विकेटकिपर-ब्याटर रिकार्डो भास्कोनेसेलोसलाई अनुबन्ध गरेको छ।

दक्षिण अफ्रिकामा जन्मिएका रिकार्डो हाल इंग्ल्यान्डको घरेलु क्रिकेट खेलिरहेका छन्।

सोमबार आफ्नो २८औँ जन्मदिन मनाइरहेका रिकार्डोलाई काठमान्डु गोर्खाजले आफ्नो टोलीमा आबद्ध गरेको हो।

दक्षिण अफ्रिकाको जोहानेसबर्गमा जन्मिएका रिकार्डोले दक्षिण अफ्रिकाको यू-१९ राष्ट्रिय टोलीबाट खेलिसकेका छन्।

उनले दक्षिण अफ्रिकाको घरेलु क्रिकटमा बोल्यान्डबाट प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यु’ गरेका थिए।

नर्थम्टनसायरबाट काउन्टी क्रिकेटका साथै उनले भाइटालिटी ब्लास्ट पनि खेलिरहेका छन्। साथै उनी यस टोलीको कप्तान पनि भइसकेका छन्। 

दुई महिनाअघि सम्पन्न भाइटालिटी ब्लास्टको २०२५ संस्करणमा रिकार्डोले १४२ माथिको स्ट्राइक रेटमा १५ खेलमा ३ सय ४२ रन बनाएका थिए।

भाइटालिटी ब्लास्टमा उनले कुल ६० खेलमा १२७ माथिको स्ट्राइक रेट १४४६ रन बनाइसकेका छन्।

काठमाडौँ स्पोर्ट्स् डेभलपमेन्ट भेन्चर्स प्रालिको स्वामित्वमा रहेको काठमान्डु गोर्खाज रिकार्डोको अनुबन्धन गरेपछि निकै उत्साहित छ।

मार्की खेलाडी करण केसीसहित भीम सार्की, साहब आलम, रशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठलाई रिटेन गरेको काठमान्डु गोर्खाजले मिनी अक्सनबाट मोहम्मद आदिल आलम अन्सारी, सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर, तुलबहादुर थापालाई लिएको थियो।

काठमान्डु गोर्खाज नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक मोन्टी देसाईको प्रशिक्षणमा खेल्नेछ।

टोलीको प्रशिक्षकमा वसन्त शाही छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad