कला


चलचित्र ‘परान’ को प्रचार गर्न अमेरिकाबाट आइन् पूजा

चलचित्र ‘परान’ को प्रचार गर्न अमेरिकाबाट आइन् पूजा

नेपालखबर
कात्तिक १०, २०८२ सोमबार १४:४८, काठमाडौँ

कात्तिक १४ गतेबाट रिलिज हुने फिल्म ‘परान’ को प्रचारप्रसारका लागि अभिनेत्री पूजा चन्द अमेरिकाबाट नेपाल आइपुगेकी छन्। उनी आज (सोमबार) बिहान ११ः १० मा नेपाल पुगेकी हुन्।

अभिनेत्री चन्दलाई परानका निर्देशक दीपक आचार्यले विमानस्थलमा स्वागत गरेका थिए। विमानस्थलमा ओर्लिए लगत्तै सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अभिनेत्री चन्दले आफूले १८ घण्टा लामो यात्रामा आफ्नो मोबाइलमा भएका फिल्मका क्लिप्सहरु हेरेर बिताएको र फिल्म प्रचारका लागि करिब एक महिना नेपाल रहने जानकारी दिइन्।

परानलाई लिएर आफू निकै उत्साहित रहेको उनको प्रतिक्रिया छ।

‘परान फिल्म मेरा लागि एकदमै विशेष छ। प्रमोसनका लागी पूर्ण समय दिनेछु। पारिवारिक कथामा बनेको यो फिल्म सबैलाई मनपर्ने मेरो विश्वास छ। निर शाहज्यूसँग काम गर्न पाउनु मेरो लागि अर्को ठूलो खुसी हो,’उनले भनिन्। 

सक्किगोनी फेम्ड दीपकप्रसाद आचार्य (काकु) को निर्देशनमा बनेको यस फिल्ममा पूजासहित निर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, अन्जना बराइली, प्रविण खतिवडा, बुद्धि तामाङ लगायतको अभिनय छ।

यो कम्पनी देशकै प्रतिष्ठित व्यवसायिक समूह गोल्छा ग्रुप र प्रिज्मा ग्रुपको संयुक्त लगानीमा स्थापना भएको हो, जसले गर्दा फिल्मप्रति दर्शकको अपेक्षा झनै उच्च रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad