खेल


‘एनपीएल ट्रफी टुर’ चितवनमा

‘एनपीएल ट्रफी टुर’ चितवनमा

फाइल तस्बिर


नेपालखबर
कात्तिक ४, २०८२ मंगलबार १३:४, नारायणगढ (चितवन)

नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुर अन्तर्गत ट्रफी आज चितवन आइपुगेको छ। फ्रेन्चाइज टिम चितवन राइनोजले नारायणगढको क्याम्पाचौरमा आयोजित विशेष कार्यक्रममा ट्रफी अनावरण गर्दै बाइक र्‍यालीसहित टुरको सुरुआत गरेको हो। 

राइनोजका निर्देशक प्रताप देवकोटाका अनुसार राइड फर राइनोज नाम दिइएको उक्त र्‍याली क्याम्पाचौरबाट सुरु भई आँपटारी, पुलचोक, लायन्सचोक, सिएमसी, हाकिमचोक, गोन्द्राङ, निपनी, टाँडी हुँदै पर्यटकीय गन्तव्य सौराहामा पुगेर सम्पन्न गरिन लागिएको हो।

सो अवसरमा चितवन राइनोजका रिजन ढकाल, गौतम केसी र रञ्जित कुमार औपचारिक रूपमा प्रस्तुत भएका थिए।  त्यस्तै चितवन महिला क्रिकेट टिमकी कप्तान हेलिशा गुरुङ, नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा र नायिका निति शाहलाई राइनोजले नयाँ अनुहारका रूपमा टिममा समावेश गरी ब्रान्ड एम्बासडरका रूपमा सार्वजनिक गरेको छ।

एनपीएल ट्रफी टुर यसअघि पूर्वको विराटनगरबाट सुरु भए पनि प्रदर्शनपछि स्थगित गरिएको थियो । हाल पुनः जनकपुरबाट सुरु भई हेटौंडा हुँदै ट्रफी चितवन आइपुगेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad