इरान र भारतसँगको मैत्रीपूर्ण खेलका लागि मिडफिल्डर प्रिति राई स्वदेश फर्किएकी छिन्। व्यवसायिक लिगका लागि जोर्डनमा रहेकी प्रिती आइतबार राति स्वदेश फर्किएकी हुन्।
आइतबार दिउँसो नै टोलीकी कप्तान सावित्रा भण्डारी साम्बा र डिफेन्डर पुजा राना स्वदेश फर्किसकेका छन्। त्यसअघि गोलरक्षक एञ्जिाला तुम्बाप्पो सुब्बा स्वदेश फर्किसकेकी छिन्।
योसँगै व्यवसायिक खेल जीवनका लागि बाहिर रहेका सबै खेलाडी स्वदेश आइसकेकमा छन्।
नेपालले कात्तिक ७ गते शुक्रबार इरानसँग र १० गते सोमबार भारतसँग खेल्ने तालिका छ।
दुवै मैत्रीपूर्ण खेल भारतको सिलोङमा हुनेछ। दुवै खेलका लागि टोलीका मुख्य प्रशिक्षक नविन न्यौपानेले सावित्रा भण्डारी साम्बाको कप्तानीमा अन्तिम टोलीको घोषणा गरिसकेका छन्।
नेपाली टोलीमा हिरा कुमारी भुजेल र दिपा शाहीले पुनरागमन गरेका छन्।
उमेर समूहका मिना देउवा र पूर्णिमा राईले पहिलोपटक सिनियर टोलीमा स्थान बनाएका छन्। विमला चौधरीको स्थानमा सजनी थोकर टोलीमा आएकी छिन्। टोलीका नियमित सदस्य अनिता केसी र अमृता जैसी टोलीबाट बाहिरिएका छन्।
मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय नेपाली टोली
अनिता बस्नेत, अञ्जना रानामगर, एञ्जिला तुम्बाप्पो सुब्बा, विमला विक, दिपा शाही, हिरा कुमारी भुजेल, मनमाया दमाइ, मिना देउवा, निशा थोकर, प्रिती राई, प्रतिक्षा चौधरी, पुजा राना, पुर्णिमा राई, रश्मी कुमारी घिसिङ, रेखा पौडेल, रेनुका नगरकोटे, सविता रानामगर, सावित्रा भण्डारी साम्बा (कप्तान), सजनी थोकर, समिक्षा घिमिरे, सरस्वती हमाल, सरु लिम्बु र उषा नाथ।
Shares

प्रतिक्रिया