आगामी नोभेम्बर दोस्रो साता हङकङमा हुने हङकङ सिक्सेजसँगै नेपाली क्रिकेटर शरद भेषावकरले संन्यास लिने भएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले शरदले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने जनाएको हो।
शरदले नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिममा लामो समयदेखि योगदान दिँदै आएका छन्।
योसँगै हङकङ सिक्सेज उनको अन्तिम अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ।
हङकङ सिक्सेजमा शरदले नेपाली टोलीको कप्तानी सम्हाल्नेछन्। प्रतियोगितामा सन्दीप जोरा, आदिल आलम, लोकेश बम, बसिर अहमद, राशिद खान र रुपेश कुमार सिंह रहेका छन्।
शरदले आफ्नो क्रिकेट करिअरमा २० टी२० अन्तर्राष्ट्रिय खेलेका छन्। जसमा ३२५ रन जोडेका छन्। त्यसैगरी चारवटा ओडीआई, ३९ वटा लिस्ट ए र ४३ वटा टी२० खेलमा सहभागी भएका छन्। उनले लिस्ट एतर्फ सर्वाधिक १०३७ रन जोड्दा टी२० खेलबाट ६१५ र ओडीआईमा ६६ रन जोडेका छन्।
Shares

प्रतिक्रिया