आगामी नेपाल प्रिमियर लिग दोस्रो सिजनमा अस्ट्रेलियाका डार्शी शर्टले लुम्बिनी लायन्सबाट खेल्ने भएका छन्।
क्लबले विज्ञप्ति जारी गर्दै डार्शी अनुबन्ध भएको बताएको हो।
अस्ट्रेलियाको प्रतिनिधित्व गरिसकेका डार्शीलाई टिममा अनुबन्ध गरेको क्लबले जनाएको छ। उनले सन् २०१८ देखि २०२० सम्म टी२० आई र एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका थिए।
बायाँहाते ओपनिङ ब्याटर डार्शीसँग आईपीएल, बिगब्यास लिगजस्ता प्रतियोगिता खेलेको अनुभव छ। ३५ वर्षीय उनी आबद्ध हुँदा क्लबको ब्याटिङ लाइनअप मजबुत हुने अपेक्षा गरिएको छ।
93
Shares

प्रतिक्रिया