नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आज (बिहीबार) बसेको बैठकमा ८ जना नेताले धारणा राखेका छन्।
बैठकमा केन्द्रीय सदस्यहरू डा शेखर कोइराला, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कण्डेल, शिवप्रसाद हुमागाँइ, राजीव कोइराला, गुरू बराल र नृपबहादुर वडले आ–आफ्नो धारणा राख्नु राखेका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।
असोज २८ गते प्रारम्भ भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराएका थिए।
यस्तै, महामन्त्री गगनकुमार थापाले विभिन्न प्रस्तावहरू प्रस्तुत गगरेका थिए।
कार्यसमितिको बैठक भोलि असोज ३१ गते विहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।
114
Shares

प्रतिक्रिया