खेल


खेलाडीको शारीरिक तन्दुरुस्ती परीक्षण

खेलाडीको शारीरिक तन्दुरुस्ती परीक्षण

नेपालखबर
असोज २७, २०८२ सोमबार २१:४०, काठमाडौँ

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गतको खेलकुद विज्ञान अनुसन्धान केन्द्रले खेलाडीको शारीरिक तन्दुरुस्तीको अवस्था अध्ययन र परीक्षण गरेको छ। 

मिसन–२०२६ अन्तर्गत विशेष प्रशिक्षणमा रहेका उसु, कुस्ती, तेक्वान्दो, कराते, बक्सिङ र भलिबलबाहेक क्रिकेट र फुटबल गरी आठ खेलका ५८ खेलाडीको परीक्षण गरी प्रतिवेदनसमेत बुझाइएको छ।

केन्द्रका प्रमुख फिजियोथेरापिस्ट लक्ष्मण अधिकारीले राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङलाई आज प्रतिवेदन हस्तान्तरण गरे।

प्रतिवेदन हस्तान्तरण गर्नुअघि प्रमुख अधिकारीले सदस्य–सचिव घिसिङ, राष्ट्रिय टोली तयारीका प्रतिनिधि, सम्बन्धित खेलका प्रशिक्षकलगायतको उपस्थितिमा प्रतिवेदनका विविध पक्षलगायत विषयमा जानकारी गराएका थिए। उनले बाँकी खेलाडीको पनि परीक्षण गरिने बताए।

सदस्य–सचिव घिसिङले विगतको परम्परागत शैलीको प्रशिक्षण विधिको अन्त्य गर्ने उद्देश्यले परिषद्ले अनुसन्धान केन्द्र र ‘हाइ पर्फमेन्स सेन्टर’को स्थापना गरेको बताए। हाल खेलाडीको क्षमता पहिचान गर्ने उपयुक्त साधन परिषद्सँग भएकाले यसको भरपुर उपयोग गर्नुपर्नेमा उनले जोड दिए। 

सदस्य–सचिव घिसिङले २० औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कमा पदक जित्ने मिसन–२०२६ को लक्ष्य पूरा गर्ने बेला आएको बताउँदै सबै गम्भीर भएर अगाडि बढ्नुपर्ने बताए। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad