खेल


कमनवेल्थ गेम्स २०१० का गोल्डमेडलिस्ट जोन नेपालगन्जमा

कमनवेल्थ गेम्स २०१० का गोल्डमेडलिस्ट जोन नेपालगन्जमा

नेपालखबर
असोज २६, २०८२ आइतबार १३:१०, काठमाडौँ

विश्व खेलकुदमा मिनी ओलम्पिक भनेर चिनिने कमनवेल्थ गेम्स २०१० का स्वर्ण पदक विजेता केन्याका जोन केलाई नेपालगन्ज आइपुगेका छन्।

धारा नेपालगन्ज म्याराथनको निमन्त्रणामा उनी नेपालगन्ज आएका हुन्।

धावक जोनलाई धारा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरी, रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङ र संस्थापक सदस्य भीम ओलीले स्वागत गरे। धारा नेपालगन्ज म्याराथनकै भगिनी रनिङ इभेन्ट गौघाट ग्रिन रनमा अतिथि धावकका रूपमा सहभागी हुन आएको रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङले जानकारी दिए।

धावक केलाई स्कुले धावकहरूलाई हौसला बढाउन सँगसँगै दौडनेछन्। धावक केलाई सन् २००३ देखि २०१० सम्म विश्वप्रतिष्ठित मुम्बई म्याराथन(भारत), इन्सेद म्याराथन(नेदरल्याण्ड्स), टोरन्टो वाटरफ्रन्ट म्याराथन(क्यानडा), सिंगापुर म्याराथन, ब्रसेल्स म्याराथन(बेल्जियम) का विजेता हुन्।

उनलाई म्याराथनको विज्ञ मानिन्छ। बढ्दो तापक्रमका कारण विश्व पर्यावरणमा परेको नकारात्मक प्रभावबारे ससाना बालबालिकालाई जानकारी गराउँदै प्लास्टिक रहित हरियाली गाउँ निर्माण गर्ने उद्देश्यले गौघाट ग्रिन रन गत वर्षदेखि खजुराको सीतापुरमा भइरहेको हो। 

यही असोज २८ गते मंगलबार बिहान ७ बजे हुने गौघाट ग्रिन रनमा खजुरा पालिकाअन्तर्गतका विद्यालयका तथा खुला छात्रछात्रा गरी चार विधामा स्पर्धा हुनेछ।

ग्रिन अवधारणामा हुने यो दौड नै सम्भवतः नेपालमै पहिलो हो। यसपटक सय जनाले भाग लिने रेस डाइरेक्टर गुरुङले जानकारी दिए।

गत वर्ष ४२ जनाले भाग लिएका थिए। धारा नेपालगन्ज म्याराथनको ११औँ संस्करण आगामी मंसिर ६ गते हुनेछ।

यसका लागि दर्ता खुला गरिसकिएको छ।

यसपटक धारा नेपालगन्ज म्याराथनमा प्रदर्शनका आधारमा खेलाडी तथा अन्य भूमिकामा रहेका व्यक्तिलाई विभिन्न अन्तर्राष्ट्रिय एक्सपोजर दिने तयारी गरिएको छ।

यसका लागि वर्ल्ड क्लास रनिङ इभेन्ट बाङ्सेन रनिङ सिरिज (थाइल्यान्ड) सँग औपचारिक सम्झौतासमेत भएको छ।

साथै अन्य म्याराथन आयोजकसँग यस्तै सहकार्यको तयारी अघि बढाइएको एम्स दुत ठकुरीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad