खेल


टी-२० विश्वकप छनोट: २ अंकसहित नेपाल सुपर सिक्समा, जापान ५ विकेटले पराजित

टी-२० विश्वकप छनोट: २ अंकसहित नेपाल सुपर सिक्समा, जापान ५ विकेटले पराजित

नेपालखबर
असोज २४, २०८२ शुक्रबार १९:२५, काठमाडौँ

आईसीसी टी–२० विश्वकप एसिया इस्ट प्यासिफिक छनोटमा लगातार दोस्रो जित निकाल्दै नेपालले सुपर सिक्स खेल्ने भएको छ। 

शुक्रबार भएको समूह बी को अन्तिम खेलमा जापानलाई ५ विकेटले पराजित गर्दै नेपाल समुह बी को विजेता बन्दै सुपर सिक्समा पुगेको हो। 

जापानलाई हराएसँगै नेपालले सुपर सिक्समा २ अंक प्राप्त गरेको छ। जापान भने अंक विहिन रुपमा सुपर सिक्स खेल्नेछ।  

नेपाल र जापान दुबै टोलीले कुवेतलाई पराजित गरेपनि कुवेत समुह चरणबाटै बाहिरिएकाले त्यो टोलीलाई जितेको अंक सुपर सिक्समा जोडिने छैन। 

लगातार दोस्रो जितसँगै नेपाल समूह बी को समुह विजेता र जापान उपविजेता बन्दै सुपर सिक्समा पुगेका छन्। 

समूह ए बाट संयुक्त अरब एमिरेन्ट्स (युएई) र कतार सुपर सिक्समा पुगिसकेका छन्। समूह सी बाट सुपर सिक्समा पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ। 

सुपर सिक्समा नेपालले जापानबाहेक समूह ए र सी बाट आएका चार टोलीसँग खेल्नेछ। सुपर सिक्सको शीर्ष तीनमा रहने टोलीले अर्को वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकप खेल्नेछन्। 
जापानले दिएको १ सय ३२ रनको लक्ष्य नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा भेट्टायो। 

नेपालका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ५ ओभरमा ३६ रनको साझेदारी गर्दै नेपाललाई सुरुवात दिलाएका थिए। कुशल २१ बलमा ३ चौका सहयोगमा २१ रन बनाउँदा क्याच आउट हुन पुगे। 

आक्रामक ब्याटिङ गरेका अर्का ओपनर आशिफ शेख २१ बलमा १ चौका र ४ छक्का सहयोगमा ३८ रन बनाउँदा आठौँ ओभरको दोस्रो बलमा क्याच आउट नै हुन पुगे। 

कप्तान रोहित पौडेल १८ रनमा एलबीडब्लु धरापमा परे। सन्दीप जोरा ५ रन बनाउँदा क्याच आउट भए। कुशल मल्ल ४ रन बनाउँदा कट एण्ड बोल्ड हुन पुगे। 

गुल्सन झा २८ र दिपेन्द्र सिंह ऐरि १४ रनमा अविजित रहे। गुल्सनले १८ बलमा त्यसअघि ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३१ रनको योगफल तयार पारेको थियो। 

नेपालका लागि गुल्सन झा र सन्दीप लामिछानेले समान २ विकेट लिए। सोमपाल कामी र नन्दन यादवले समान एक विकेट झारे। 

छैटौँ विकेटका लागि गुल्सन झा र दिपेन्द्र सिंह ऐरिले ४२ रनको अविजित साझेदारी गरेपछि नेपालले सहज जित निकालेको हो। गुल्सन २८ र दिपेन्द्र १४ रनमा अविजित रहे। गुल्सनले २० बलमा १ चौका र २ छक्का प्रहार गरे। दिपेन्द्रले १४ बलमा १ चौका सहयोगमा १४ रनमा नटआउट रहे।

एक समय १२.४ ओभरमा ९७–१ को बलियो अवस्थामा रहेको जापानले तेह्रौँ ओभरको पाचौँ बलमा विकेट गुमाएको थियो। 

जापानका लागि कप्तान केन्डेल काडोवाकी फ्लेमिङले सर्वाधिक ६० रनको योगदान दिए। उनले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। इसाम रहमानले ३१ रन बनाए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad