खेल


मलेसियाविरुद्ध दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी

मलेसियाविरुद्ध दोस्रो खेलमा नेपाल ६ विकेटले विजयी

नेपालखबर
असोज १८, २०८२ शनिबार ११:३७, काठमाडौँ

मलेसियामा जारी घरेलु टोलीसँगको दोस्रो खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली ६ विकेटले विजयी भएको छ। 

मलेसियाले दिएको ९२ रनको सामान्य लक्ष्य नेपाली टोलीले १६.२ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। 

पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो। योसँगै पाँच खेलको सिरिजमा नेपालले १–१ को बराबरी गरेको छ। 

नेपालको जितमा पूजा महतोले सर्वाधिक ३९ रनको योगदान दिइन्। इन्दु बर्माले २७ र रुवि पोडारले १५ रन थपे। 

नेपालले इनिङ्सको पहिलो ओभरमा नै लगातार दुई विकेट गुमायो। इनिङ्सको पहिलो ओभरको 
पहिलो बलमा ओपनर सम्झना खड्का र दोस्रो बलमा कविता कुँवर आउट भए।

मलेसियाकी आइना हमिजाले सुरुवातमै नेपालको दुई विकेट लिँदै टोलीलाई दबाबमा राखेकी थिइन्। 

मलेसियाका लागि आइनले दुई तथा नुर अल्या र नुर दानियाले समान एक विकेट लिए। 

त्यसअघि मलेसियाको वायोमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ९१ रनको योगफल तयार पारेको थियो।

मलेसियालाई कम स्कोरमा रोक्न नेपालका लागि सुमन विष्टले २ विकेट लिइन्। कविता कुँवरले  एक विकेट झारिन्। 

मलेसियाका लागि आइन्ना हामिजाहले नेपालविरुद्ध अर्धशतक पूरा गरिन्। विनिफ्रेडले १५ रन थपिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad