नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि चितवन राइनोजले नयाँ जर्सी सार्वजनिक गरेको छ।
चितवनले अरेन्ज र कालो रङको संयोजनमा बनाएको नयाँ जर्सी सार्वजनिक गरेको हो।
यो केवल खेलाडीहरूको पोसाक मात्र नभई चितवनकै संस्कृति, प्रकृति र पहिचानको प्रतिनिधित्व गर्ने ‘स्टेटमेन्ट’ बनेको टोलीको भनाइ छ।
चितवनले शनिबार जारी गरेको विज्ञप्तीमा भनेको छ, ‘नयाँ जर्सीको मूल आधार अरेन्ज रङ हो, जसलाई चितवनको सूर्योदय र सूर्यास्तको आकाशबाट प्रेरणा लिइएको छ। यसलाई पूरक बनाउन कालो रंग प्रयोग गरिएको छ, जसले शक्ति, सहनशीलता र एकताको भाव बोकेको छ।’
टोलीका अनुसार जर्सीमा अत्याधुनिक फ्याब्रिक प्रयोग गरिएको छ। यसले शरीरको तापक्रमलाई सन्तुलनमा राख्ने मात्र होइन, खेलाडीको सहज श्वासप्रश्वास र गतिशीलतालाई पनि सहज बनाउँछ।
जर्सीको डिजाइन जिगज्याग आकृति, चितवनका आदिवासी समुदायको कलाकौशलबाट प्रेरित, जसले गति, निरन्तरता र विकासलाई जनाउने बताइएको छ।
जर्सीमा रहेको गैँडाको खस्रो छालाले सुरक्षात्मक कवच र धैर्यको प्रतीक प्रस्तुत गर्ने चितवन राइनोजले जनाएको छ। एकसिङ्गे गैँडाले चितवनको आत्मा, शक्ति र लडाकु भावनाको प्रतीक र फिसियल लोगोले निडरता, गौरव र साझा उद्देश्यमा एकताको प्रतिबिम्ब जनाउने विज्ञप्तिमा उल्लेख छ।
चितवनले जर्सी काठमाडौ तथा चितवन राइनोजको आधिकारिक वेबसाइट, चितवन र अफिसियल सामाजिक सञ्जालमार्फत पनि खरिद गर्न सकिनेछ।
Shares

प्रतिक्रिया