कारोबार


सरकारी सम्पत्तिको बीमा आवश्यक : चंकी क्षेत्री

सरकारी सम्पत्तिको बीमा आवश्यक : चंकी क्षेत्री

नेपालखबर
असोज ७, २०८२ मंगलबार ११:५९, काठमाडौँ

बीमक संघका निवर्तमान अध्यक्ष तथा सगरमाथा इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले सरकारी सम्पत्तिको बीमा गर्न आग्रह गरेका छन् ।

क्षेत्रीले मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको ‘अर्थतन्त्र पुनरुत्थानको लागि अबको आवश्यकता’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सरकारी सम्पत्तिको पनि अनिवार्य बीमा गर्न आवश्यक रहेको बताएका हुन्। 

‘नेपालमा धेरै पटक नसोचेका घटनाहरू हुने गरेका छन्। जसको कारण सरकारी सम्पत्तिको पनि ठूलो क्षति हुने गरेको छ। भूकम्पको बेला सरकारी क्षतिको पनि बीमा भएको थिएन’, उनले भने, ‘अहिले भएको सरकारी सम्पत्तिको पनि क्षतिको पनि बीमा गरिएको छैन। सरकारी सम्पदा तथा सम्पत्तिको पनि बीमा गर्न आवश्यक छ।’

यसैगरी, अहिले नेपालमा बैंक इन्सोरेन्स अनिवार्य आवश्यकता भएको उनले बताए ।

‘यो पनि आवश्यक छ। यसले सम्पूर्ण क्षेत्रको कभर गर्छ। अहिलेको आन्दोलने ठूलो क्षति गर्छ भनेर बीमा कम्पनीहरूले सोचेका थिएनन्। नसोचेको घटना भयो। अहिलेको घटनाको ६५ प्रतिशत क्षतिको कभर गर्ने योजना छ’, उनले थपे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad