खेल


जेनजी आन्दोलनमा एक क्रिकेटर मारिए, फुटबलर घाइते

जेनजी आन्दोलनमा एक क्रिकेटर मारिए, फुटबलर घाइते

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १९:२, काठमाडौँ

जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठ प्रति मंगलबार श्रद्धाञ्जली अर्पण गरिएको छ। 

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चद्वारा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा संयुक्त आयोजित कार्यक्रममा श्रद्धाञ्जली अर्पण गरिएको हो।

राखेपका सदस्य सचिव टंकलाल घिसिङ, राखेप कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपका सदस्य जगतसिंह धामी, खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरन्जन अधिकारी, ओलम्पियन संघका अध्यक्ष दीपक विष्ट, खेलाडी, सञ्चारकर्मीलगायतले सुलभप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।

सोही अवसरमा स्व सुलभसहित जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सम्पूर्णको सम्झनामा मौन धारण गरिएको थियो। आन्दोलनका क्रममा घाइते फुटबलर पवन शाहीसहित सम्पूर्णको शीघ्र स्वास्थ लाभको कामना गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad