खेल


पूर्वविश्व बक्सिङ च्याम्पियन रिकी ह्याटन घरमा मृत फेला परे

पूर्वविश्व बक्सिङ च्याम्पियन रिकी ह्याटन घरमा मृत फेला परे

नेपालखबर
भदौ २९, २०८२ आइतबार २१:४१, काठमाडौँ

पूर्वविश्व बक्सिङ च्याम्पियन रिकी ह्याटन आफ्नै घरमा मृत फेला परेका छन्।

प्रहरीका अनुसार ४६ वर्षीय ह्याटनको शव आज बिहान टेमसाइड (ग्रेटर म्यानचेस्टर) को हाइडमा रहेको उनको घरमा फेला परेको हो। 

हाल प्रहरीले उनको मृत्यु घटनालाई शंकास्पद मानेको छैन।

ग्रेटर म्यानचेस्टर प्रहरीले विज्ञप्तिमा भनेको छ, ‘आज बिहान (स्थानीय समय) बिहान ६:४५ बजे एक व्यक्तिबाट जानकारी पाएपछि प्रहरी टेमसाइडको हाइडको बाउलक्र रोडमा पुगेको थियो। त्यहाँ ४६ वर्षीय पुरुषको शव फेला परेको थियो। हाल घटनालाई शंकास्पद मानिएको छैन।’

ह्याटनको प्रभावशाली करियर रेकर्डमा दुई तौल वर्गमा विश्व उपाधि जितेका थिए। यसमा लाइट-वेल्टरवेट र वेल्टरवेट उपाधि छन्।

'द हिटम्यान' भनेर चिनिने ह्याटनको आक्रामक लडाइँ शैलीले उनलाई २१औँ शताब्दीको पहिलो दस वर्षको सबैभन्दा लोकप्रिय बक्सरमध्ये एक बनायो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad