राजनीति


गृह र कानुन मन्त्रालयको जिम्मा ओमप्रकाश अर्याललाई

गृह र कानुन मन्त्रालयको जिम्मा ओमप्रकाश अर्याललाई

नेपालखबर
भदौ २९, २०८२ आइतबार २१:४८, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याललाई दिएकी छन्। 

अधिवक्ता अर्याल नागरिक अधिकार, सुशासन र न्यायालय शुद्धीकरणका अभियानमा पनि सक्रिय छन्।

अर्याल एक निष्ठावान् कानुन व्यवसायीका रुपमा परिचित छन्। उनले लोकमानसिंह कार्कीको नियुक्ति बदर, गिरिबन्धु टी स्टेटको नीतिगत भ्रष्टाचार प्रकरण, संसद विघटनलगायत चर्चित प्रकरणहरूमा सार्वजनिक सरोकारको रिट दायर गरी विधिशास्त्रमा महत्त्वपूर्ण योगदान गरेका छन्।

गुल्मीको इस्मा घर भएका उनी पछिल्लो समय काठमाडौँ महानगरपालिकाका कानुनी सल्लाहकार पनि थिए।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad