बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलको तयारी पूरा भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार पत्रकार सम्मेलन गर्दै खेलको तयारी पूरा भएको जानकारी दिएको हो।
दुवै मैत्रीपूर्ण खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुनेछ। खेलहरू साँझ साढे ५ बजेबाट सुरु हुने छन्।
प्रतियोगिताका लागि टिकेटिङ अधिकार एन्फा आफैले राखेको छ। एन्फाले भीआईपी प्यारापिटतर्फ १ हजार र साधारण प्यारापिटतर्फ ५ सय रुपैयाँ टिकट दर तोकेको छ।
खेलका लागि बंगलादेशको टोली बुधबार काठमाडौँ आइपुग्ने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए।
बंगलादेशको टोलीले अभ्यासका लागि भद्रकाली स्थित नेपाली सेनाको खेल मैदान र च्यासल स्थित च्यासल रंगशाल मैदानमा प्रशिक्षण गर्नेछ।
खेल आयोजना गर्न १ करोड २७ लाख ५८ हजार १६८ रुपैयाँ खर्च लाग्ने एन्फाले बताएको छ।
Shares

प्रतिक्रिया