खेल


नेपालले दियो मेलबर्न रेनेगड्सलाई १४० रनको लक्ष्य

नेपालले दियो मेलबर्न रेनेगड्सलाई १४० रनको लक्ष्य

नेपालखबर
भदौ ४, २०८२ बुधबार १३:१७, काठमाडौँ

अस्ट्रेलियामा जारी टप इण्ड टि- २० सिरिजमा नेपालले मेलवर्न रेनेगड्सविरुद्व जितका लागि १ सय ४० रनको लक्ष्य प्रस्तुत गरेको छ। 

डार्विनस्थित काजालिस एरिना पामस्र्टनमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रनको योगफल तयार पारेको हो। 

नेपालका लागि कुशल मल्लले २९ र दिपेन्द्र सिंह ऐरिले २७ रन बनाए। लोकेश बमले २४ रन थपे। रुपेश सिंह १६ रनमा नटआउट रहे। 

भिम सार्की १७ र आरिफ शेख १२ रन बनाउँदै पेभेलियन फर्के। गुल्सन झा २ र कुशल भुर्तेल १ रनमा आउट भए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad