थाइल्यान्डमा सम्पन्न आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा वैभवी सापकोटाले उत्कृष्ट प्रदर्शन गर्दै एक स्वर्ण र दुई कास्यसहित तीन पदक जितेकी छिन्।
यही साउन २४ र २५ गते भएको उक्त प्रतियोगितामा विभिन्न २७ राष्ट्रका करिब चार हजारभन्दा बढी खेलाडीको सहभागिता रहेको थियो।
थाइल्यान्डको पटायामा सम्पन्न उक्त प्रतियोगितामा १० वर्षीया वैभवीले फिलिपिन्स र थाइल्यान्डका खेलाडीलाई पछि पार्दै स्पीड किकमा स्वर्ण पदक जितेकी हुन्।
क्योरोगी विधामा वैभवी सेमिफाइनलमा थाइल्यान्डसँग पराजित हुँदै कास्य पदकमा सिमित रहिन्। त्यसैगरी, पुम्से विधामा दुई राउन्ड जित हासिल गर्दै कास्य पदक हात पारिन्। रासस
633
Shares

प्रतिक्रिया