राजनीति


नेपाल-भारतको खुला सीमाको दुरुपयोग गरी आतंकवादी गतिविधि हुनुहुँदैन: महतो

नेपाल-भारतको खुला सीमाको दुरुपयोग गरी आतंकवादी गतिविधि हुनुहुँदैन: महतो

नेपालखबर
साउन २५, २०८२ आइतबार १५:१२, काठमाडौँ

राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले नेपाल—भारतबीचको खुला सीमाको दुरुपयोग हुनेगरी कुनै प्रकारको आतंकवादी गतिविधि हुन नहुने बताएका छन्। 

आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आतंकवादलाई जन्मन दिनु नहुने भन्दै कहिले कहीँ राज्यले आतंक सिर्जना गर्ने गरेको बताए। 

‘आतंकवादलाई जन्मन दिनु हुँदैन । समयमै यसबारे सोच्नुपर्छ । कहिले कहीँ राज्य आतंक पनि सिर्जना हुन्छ,' उनले भने, 'व्यक्ति आतंक, राज्य आतंक, समूह आतंक विभिन्न हुन्छन्। राज्य आतंक पनि कहिले कहीँ हुँदो रहेछ। नागरिकमाथि राज्यले आतंकपूर्ण हमला, गतिविधि र व्यवहार गर्दछ।'

आफ्नो अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले बन्दुक चलाएको उदाहरणहरु रहेको भन्दै आतंक सिर्जना गरिएको प्रमाण भएको उनको भनाइ छ। 

'आफ्नो अधिकारको लागि शान्तिपूर्ण आन्दोलन गर्दा राज्यले बन्दुक चलाएको चलाइ, छाती र निधारमा गोली हान्नेलाई राज्य आतंक भन्ने कि नभन्ने?,' उनले थपे, 
'आतंकवाद भनेको कुरा ठीक होइन। कुनै पनि नाममा गरिएको आतंकवादको समर्थन गर्न र राम्रो मान्न सकिँदैन।'

दक्षिण एशिया क्षेत्र भनेको आतंकवादी उत्पादन गर्ने क्षेत्र भएको उल्लेख गर्दै उनले नेपालमा कुनै पनि प्रकारका आतंक हुन नहुने बताए। 

नेपाल—भारतबीचको जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको सम्बन्ध नभएको महतोको भनाइ छ। 

'नेपाल—भारतबीचको जनस्तरको सम्बन्ध कुनै व्यक्ति र राज्यले बनाएको सम्बन्ध होइन,' उनले भने, 'खुला सीमाको दुरुपयोग हुनेगरी कुनै प्रकारको आतंकवादी गतिविधि नेपालको धर्तीबाट हुनु हुँदैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad