नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनका लागि ३७ खेलाडी अनुबन्ध गर्न मिनि अक्सन शनिबार सम्पन्न भएको छ।
८ वटा टोलीले ३७ जना खेलाडी अनुबन्ध गर्दा २ करोड १५ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन्।
अक्सनमा सबैभन्दा बढी चितवन राइनोजले खर्च गर्दा पोखराले ११ लाख रुपैयाँ मात्रै खर्चिएको छ। विराटनगर किङ्सले अक्सनमा ५ खेलाडीका लागि २७ लाख खर्च गरेको छ।
जनकपुरले १६ लाख ५० हजार रुपैयाँमा ४ जना खेलाडी भित्र्याएको छ।
चितवनले ३९ लाख रुपैयाँ खर्च गरेर ५ जना खेलाडी अनुबन्ध गर्यो। उसले देव खनाल र अर्जुन साउदका लागि समान १५ लाख रुपैयाँ तिर्यो।
सबैभन्दा कम पोखरा एभेन्जर्सले ११ लाख रुपैयाँ मात्रै खर्च गरेको छ। अर्जुन कुमाललाई ५ लाख रुपैयाँ तिरेको पोखराले बाँकी ३ खेलाडी २ लाख रुपैयाँको दरमा भित्र्याएको हो।
लुम्बिनी लायन्सले दीलिप नाथ र शेर मल्ललाई समान १० लाख तिर्दा ३२ लाख रुपैयाँ अक्सनमा खर्च गरेको छ।
कर्णाली याक्सले २९ लाख रुपैयाँमा चार जना खेलाडी भित्र्याएको छ। पवन सर्राफका लागि १५ लाख र युवराज खत्रीका लागि अधिकतम मूल्य १० लाखमा गोलाप्रथाबाट अनुबन्ध गर्न सफल हुँदा बाँकी २ खेलाडी ४ लाखमा अनुबन्ध गर्यो।
सूदुरपश्चिम रोइलसले हेमन्त धामीलाई १० लाख रुपैयाँमा भित्र्याउँदा अरु दुई खेलाडढीलाई समान ५ लाख र अरु २ लाई समान २ लाखमा अनुबन्ध गर्दा २४ लाख रुपैयाँ खर्च गरेको छ।
कसले कुन खेलाडी कति मूल्यमा अनुबन्ध गरे ?

विराटनगर किङ्स
सूर्य तामाङ (१० लाख)
साहील पटेल (५ लाख)
नारायण जोशी (५ लाख)
शंकर राणा (५ लाख)
श्रवण किस्कु (२ लाख) 
जनकपुर बोल्ट्स
सचिन भट्ट (२ लाख)
मयन यादव (७ लाख ५० हजार)
आदित्य महता (५ लाख)
विकास आग्री (२ लाख)

चितवन राइनोज
देव खनाल (१५ लाख)
अर्जुन साउद(१५ लाख)
विपिन रावल (५ लाख)
विपिन आचार्य (२ लाख)
रन्जित कुमार (२ लाख) 
काठमाण्डु गोर्खाज
मोहमद आदिल आलम (१५ लाख)
सन्तोष यादव (१० लाख)
आकाश त्रिपाठी (७ लाख)
उत्तम थापा मगर (३ लाख)
तुलबहादुर थापा (२ लाख) 
पोखरा एभेन्जर्स
कृष्ण पौडेल (२ लाख)
अभिशेष तिवारी (२ लाख)
अर्जुन कुमाल (५ लाख)
सन्दीपकुमार खत्री क्षेत्री (२ लाख) 
लुम्बिनी लायन्स
दिलीप नाथ (१० लाख)
शेर मल्ल (१० लाख)
विशाल पटेल (५ लाख)
दुर्गेश गुप्ता (५ लाख)
आदिल खान (२ लाख) 
कर्णाली याक्स
पवन सर्राफ (१५ लाख)
युवराज खत्री (१० लाख)
दीपक डुम्रे (२ लाख)
इमरान शेख (२ लाख)
सुदूरपश्चिम रोयल्स
हेमन्त धामी ( १० लाख)
दीपेन्द्र थापा (२ लाख)
टेकबहादुर रावत (२ लाख)
दीपक बोहरा (५ लाख)
मिलन बोहरा (५ लाख)
अब हरेक टोलीले एक एक जना खेलाडी ट्यालेन्टहन्टबाट अनुबन्ध गर्नेछन् भने बाँकी खेलाडी विदेशी अनुबन्ध गर्नेछन्। विदेशी खेलाडी अनुबन्ध गर्न भने कोटा तोकिएको छैन। तर एक खेलमा बढीमा ४ जना विदेशी खेलाडी मात्रै खेलाउन पाइने नियम छ।
रिटेन खेलाडीहरु
विराटनगर किंग्स : सन्दीप लामिछाने, लोकेश बम, प्रतिस जिसी, बसिर अहमद, सुवास भण्डारी र नरेन भट्ट।
जनकपुर बोल्ट्स : आसिफ शेख, अनिल साह, ललितनारायण राजवंशी, किशोर महतो, रुपेश सिंह, शुभ कंसाकार र तुलबहादुर थापा मगर।
चितवन राइनोज् : कुशल मल्ल, रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसी।
काठमान्डु गोर्खाज : करण केसी, साहव आलम, भीम सार्की, राशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठ।
पोखरा एभेन्जर्स : कुशल भुर्तेल, सागर ढकाल, आकाश चन्द, किरण ठगुन्ना, विपिन खत्री, दिनेश खरेल र तृतराज दास।
लुम्बिनी लायन्स : रोहितकुमार पौडेल, विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेश गौतम।
कर्णाली याक्स : सोमपाल कामी, गुल्सन झा, नन्दन यादव, अर्जुन घर्ती, दिपेन्द्र रावत, युनिस विक्रमसिंह ठकुरी र विपिन शर्मा।
सुदूरपश्चिम रोयल्स : दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, अभिनास बोहरा, इसान पाण्डे र नरेन साउद।
तस्बिरः सरोज नेपाल
Shares

प्रतिक्रिया