जनमत पार्टीका अध्यक्ष सीके राउतले निर्वाचन आयोगले साना दलहरूको अभिलेख अपडेट नगरेको गुनासो गर्दै पक्षपातपूर्ण व्यवहार गरेको र त्यसको एकीकृत प्रतिवाद गर्नुपर्ने बताएका छन्।
निर्वाचन आयोगले प्रस्ताव गरेको राजनीतिक दलसम्बन्धी स्वमूल्यांकन कार्यविधिबारे छलफल गर्न माओवादी केन्द्रको आह्वानमा सिंहदरबारमा बसेको ९ दलको बैठकमा यसविरुद्ध सबै दल एकजुट हुनुपर्नेमा समेत जोड दिए।
‘निर्वाचन आयोगले साना दलहरूको अभिलेख अपडेट नगरेर साना पार्टीलाई हटाउने रणनीतिमा लागेको लागेको छ,’ राउतले भने, ‘आयोगको पक्षपाती व्यवहारविरुद्ध एकीकृत प्रतिवाद आवश्यक रहेको छ।’
निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन आह्वान गर्दै पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ का विषयमा गम्भीर आपत्ति जनाउँदै कांग्रेस-एमालेबाहेकका दलको बैठक माओवादी केन्द्रको संसदीय दलमा बसेको हो।
Shares

प्रतिक्रिया