खेल


रासमुस होजलुन्ड ३० मिलियन पाउन्डमा बेच्न म्यानचेस्टर युनाइटेड तयार

रासमुस होजलुन्ड ३० मिलियन पाउन्डमा बेच्न म्यानचेस्टर युनाइटेड तयार

नेपालखबर
साउन १८, २०८२ आइतबार १२:५७, काठमाडौँ

म्यानचेस्टर युनाइटेड स्ट्राइकर रासमुस होजलुन्डलाई ३० मिलियन पाउन्डमा बेच्न तयार भएको छ। 

डेनमार्कका स्ट्राइकरले बुधबार शिकागोमा बर्नमाउनविरुद्ध दुई गोल गरे।

खेल सकिएलगत्तै उनले आफू युनाइटेडमै रहने मनसाय रहेको बताउन खोजिरहेका थिए। 

तर परिस्थिति उनका लागि त्यति सहज छैन।

युनाइटेड आरबी लाइपजिगका फरवार्ड बेन्जामिन सेस्कोलाई भित्र्याउन इच्छुक देखिएको छ।

सेस्कोलाई भित्र्याउन न्यु क्यासल पनि इच्छुक छ।

तर २२ वर्षीय सेस्कोका लागि आरबी लाइपजिगसँग सम्झौता गर्न भने बाँकी छ। 

युनाइटेड अर्को निर्णयका लागि समय पर्खिरहेको छ।

खेलाडी बेच्नुअघि सम्झौता गर्न सकिने कुरामा युनाइटेड अडिग छ। 

युनाइटेडले यो समरमा ब्रायन एमबेउमो र म्याथ्युस कुन्हामा लगभग १ सय ३० मिलियन पाउन्ड खर्च गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad