भारतस्थित उत्तर प्रदेशको अमेठीमा भैँसीको आक्रमणबाट चितुवा मरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार यसअघि उक्त चितुवाले पाँच जनालाई आक्रमण गरी घाइते बनाएको थियो। जसका कारण उक्त क्षेत्रमा त्रास फैलिएको थियो।
तर शनिबार राति अमेठी जिल्लाको मुसाफिरखाना प्रहरी थाना क्षेत्रस्थित गोठमा पसेर पाडोलाई आक्रमण गरेपछि नजिकै रहेका भैँसीहरूले चितुवालाई आक्रमण गरेका थिए।
अमेठीका जिल्ला मजिस्ट्रेट सञ्जय चौहानले भैँसीको आक्रमणबाट चितुवा मरेको पुष्टि गरेका छन्।
यो चितुवाले मुसाफिरखाना प्रहरी थाना क्षेत्रअन्तर्गत भैंदपुर र बिराईपुर गाउँमा आतंक सिर्जना गरेको थियो। शनिबार दिउँसोदेखि दुवै गाउँका मानिस त्रासमा थिए।
तर पनि सरकारी निकायले चितुवा समात्न सकिरहेको थिएन।
660
Shares

प्रतिक्रिया