खेल


कहाँ जालान् न्यु क्यासलका अलेक्ज्यान्डर?

कहाँ जालान् न्यु क्यासलका अलेक्ज्यान्डर?

नेपालखबर
साउन १३, २०८२ मंगलबार १६:२३, काठमाडौँ

न्यु क्यासल युनाइटेडका फरवार्ड अलेक्ज्यान्डर इसाक भविष्यमा आफ्‍नो करियरको अर्को कदम चाल्न आतुर छन्। तर न्यु क्यासलका प्रशिक्षक एडी होवेले इसाकका लागि अहिलेसम्म कुनै पनि फुटबल क्लबबाट औपचारिक प्रस्ताव नपाएको बताएका छन्। 

प्रशिक्षक होवेले इसाकका लागि अहिलेसम्म कुनै क्लबबाट औपचारिक प्रस्ताव पाइनसकेको र उनी आफूहरूको नै खेलाडी भएकाले टोलीमा नै रहेर अर्को सिजन खेलेको हेर्न चाहेको बताएका छन्। 

इसाकलाई ल्याउन लिभरपुल इच्छुक देखिएको हुन सक्छ। आर्सनलले पहिले नै चासो दिएको थियो तर उनीहरूले भिक्टर ग्योकेरेसलाई हस्ताक्षर गरेको छ। 

म्यानचेस्टर सिटीसँग इसाकलाई भित्राउन पैसा भएपनि एर्लिङ हालान्डको स्थानमा लैजाने सम्भावना भने छैन। यता युनाइटेडले भने ओली वाटकिन्स र बेन्जामिन सेस्कोलाई प्राथमिकता दिइरहेको छ। 

न्युक्यासलले दक्षिण कोरियाको सुवनमा के लिग इलाभेनको सामना गर्दैछ। तर टोलीको कथा भने इसाकको क्लबमा भविष्यको वरिपरि केन्द्रित छ। 

स्विडेनी फरवार्डले क्लबलाई यो सिजन क्लब छाड्न चाहेको बताइसकेका छन्। एसियाको प्रि–सिजन भ्रमण गुमाउँदैछन्। युरोपका केही शीर्ष क्लबहरूलाई पनि इसाकले न्यु क्यासल छाड्न चाहेको बुझिरहेका छन्। 

लिभरपुल इसाकलाई भित्राउन रुची देखाइरहेको छ। २०२२ को अगष्टमा रियल सोसिडाडबाट न्यु क्यासल आएका इसाकको सम्झौता क्लबसँग जुन २०२८ सम्म छ। उनले गत सिजन न्युक्यासलका लागि सबै प्रतियोगिताहरूका लागि ४२ खेलमा २७ गोल गरेका छन्। न्युक्यासलले पाएको सफलतामा इसाक टोलीको मुख्य सदस्य बनिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad