जर्मन च्याम्पियनले लिभरपुलसँग ७५ मिलियन युरोमा सम्झौता गर्न तयार भएपछि लुइस डियाज बायर्न म्युनिखमा सामेल हुने तयारीमा छन्।
लिभरपुलले महिनाको सुरुवातमा कोलम्बियाली फरवार्डका लागि बायर्नबाट ५८.६ मिलियन युरोको प्रस्ताव अस्वीकार गरेको थियो।
शनिबार एसी मिलानसँग प्रि-सिजन अघिको मैत्रीपूर्ण खेलमा २८ वर्षीय डियाज टोली बाहिर थिए। डियाजलाई लिभरपुलले मेडिकल पूरा गर्न एसियाबाट युरोप उडानको अनुमति दिइसकेको छ।
लिभरपुलले समरमा फरवार्ड फ्लोरियन विटर्ज र ह्युगो एकिटिकेलाई अनुबन्ध गरिसकेको छ। अहिले न्युक्यासल युनाइटेडका अलेक्ज्याण्डर इसाकमा रुचि देखाएको छ।
डियाज सन् २०२२ को जनवरीमा ३७ मिलियन युरोमा पोर्टोबाट लिभरपुल पुगेका थिए।
लिभरपुलका लागि उनले १ सय ४८ खेलमा ४१ गोल गरेका छन्। सन् २०२४–२५ को सिजनमा डियाजले १७ गोल गरेका छन्।
Shares

प्रतिक्रिया