खेल


नेपाल र कुवेतबीच क्रिकेटमा सहकार्य गर्ने सम्झौता

नेपाल र कुवेतबीच क्रिकेटमा सहकार्य गर्ने सम्झौता

नेपालखबर
साउन ६, २०८२ मंगलबार १९:३४, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) र कुवेत क्रिकेट बोर्डबीच सहकार्य गर्नेबारे समझदारी भएको छ। दुई एसोसियट राष्ट्रबीच आपसी समझदारीमा क्रिकेटको विकास गर्न द्विपक्षीय साझेदारी भएको हो। 

कुवेत क्रिकेट बोर्ड र नेपाल क्रिकेट संघले सन् २०२६ देखि पुरुष र महिला दुवै टोलीका लागि वार्षिक द्विपक्षीय क्रिकेट शृंखला आयोजना गर्ने भएका हुन्। सम्झौता अनुसार प्रत्येक वर्ष दुवै देशमा कम्तिमा तीनवटा टी–२० अन्तर्राष्ट्रिय सँगै थप ५० ओभरका खेलहरू आयोजना गरिने क्यानले जानकारी दिएको छ। 

यसले एकअर्का देशको क्रिकेटमा अन्तर्राष्ट्रिय एक्सपोजर बढाउनका साथै एसोसिएट राष्ट्रहरूको क्षमता बढ्ने हुने विश्वास क्यानको छ। 

नेपालले यसअघि सन् २०२४ को विश्वकप खेलेको थियो भने कुवेत पनि आगामी विश्वकप २०२६ का लागि तयारी गरिरहेको छ। 

सन् २०२६ को विश्वकपको एशिया क्षेत्रीय छनोटमा दुवै टोली एउटै समूहमा छन्। कुवेत क्रिकेट बोर्डसँग नेपालका तर्फबाट क्यान अध्यक्ष चतुरबहादुर चन्दले सचिव पारस खड्काको समेतको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरेका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad